+
+

रुख ढलेर चेपिँदा १ जनाको मृत्यु, ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २०:३४

११ जेठ, चितवन । चितवनमा रुख ढलेर लाग्दा एकजनाको मृत्यु भएको छ । आइतबार बेलुका आएको हावाहुरी र पानीको कारण रुख ढलेर लाग्दा भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने २९ बर्षका  रामबहादुर वि को मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

रुखले लागेर अन्य चारजना समेत घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आपटारी देवघाट सडकखण्डमा रुख ढलेर उनीहरुलाई लागेको थियो । उनीहरु ओत लागेर बसेको ना ३ त ३४२३ नम्बरको ट्रयाक्टरमाथि रुख ढलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?