१२ जेठ, काठमाडौं । कोभिड १९ पोजेटिभ भएका एक युवकको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ ।
सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए ।
साँझ परेपछि पनि अस्पतालले भर्ना नलिएपछि स्वास्थ्य मन्त्रालयका कोभिड १९ इमर्जेन्सी रेस्पोन्सका प्रमुख डा. गुणराज लोहनीले काठमाडौं मेडिकल कलेज पठाएका थिए । त्यहाँ अपरेशन सम्भव नभएपछि फेरि पाटन ल्याइएको हो ।
‘खुट्टा भाँचिएको युवकको हड्डीको अपरेशन गरिएको हो’ अस्पतालको निर्देशक डा. विष्णु शर्माले भने, ‘उनको नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो ।’