+
+

आँचलको प्रश्न–‘आफ्नो देशको बारेमा बोल्दा नेपाली चेलीले यस्तो सहनुपर्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते ११:१३

नायिका आँचल शर्माले देश र राष्ट्रियताको बिषयमा बोल्दा नेपाली चेलीहरुले यस्तो सहनुपर्ने भन्दै प्रश्न गरेकी छिन् ।

पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ ।
नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्–‘अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका जसले गरेका छन्, तिनीहरुको विरुद्धमा एक भएर अगाडि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथीभाई अनी शुभचिन्तकको साथको जरुरी छ । कृपया सहयोग गरिदिनुहोस् ।’

पछिल्लो २ दिनयता फेक भिडियो तयार गरेर सार्वजनिक गर्ने क्रम बढेपछि चलचित्र कलाकार संघले पनि यसमा ध्यानाकर्षण भएको जनाएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भने–‘हामी हनुमान ढोकामा नै छौ । एक–दुई जना कलाकारको भन्दा पनि धेरै कलाकारको नै यस्तो गलत नियतले तयार पारिएको भिडियो छ भन्ने वुझ्नमा आएको छ । यसैले, सबैले एकैचोटी उजुरी दिने कि भन्ने बिषयमा छलफल भैरहेको छ ।’

फेक भिडियो तयार गरेर सामाजिक संजालमा भाइरल बनाएर मानसिक तनाव दिन केही गिरोह सक्रिय देखिएको छ । केही कलाकारले भने प्रहरीमा उजुरी दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?