+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डेढ लाखमा बिक्यो मुसाले बनाएको पेन्टिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते ११:१८

मान्छेले बनाएका पेन्टिङ लाखौंमा बिक्ने कुरा त सामान्य नै हो । तर यहाँ त मुसाले बनाएको पेन्टिङसमेत डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको छ ।

बेलायतमा एउटा मुसाले आफ्नो पन्जाले तयार गरेको अमूर्त पेन्टिङ झण्डै डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ ।

गुस नामक उक्त घरपालुवा मुसाले निकै सुन्दर पेन्टिङ तयार गरेको थियो ।

जेस इन्डसेठ नामकी युवतीले पालेको उक्त मुसाले रङमा पन्जा छोप्दै कागजमा सो पेन्टिङ बनाएको थियो । जेसले आफ्नो मुसालाई कलाकारिता प्रदर्शन गर्नका लागि विषाक्तरहित पेन्ट र कागजको मिनी क्यानभास दिएकी थिइन् । त्यसपछि मुसाले जुन कलाकारिता प्रदर्शन ग¥यो त्यसबाट जेस तिनछक परिन् ।

गुस नामक मुसाले बनाएको उक्त पेन्टिङलाई जेसले अनलाइनमा बिक्री राखिन् । न्यूनतम २५ डलर मूल्य तोकिएको सो पेन्टिङ खरीद गर्नका लागि बेलायतमात्र होइन अस्ट्रेलिया र दक्षिण कोरियालगायतका देशबाट समेत धेरै मानिसहरुले चाहना व्यक्त गरे ।

अन्ततः उक्त पेन्टिङ १२ सय डलरमा बिक्री भयो ।

बेलायतको ड्रोइल्स्डेनमा बस्ने जेसले आफ्नो मुसालाई अब हरेक हप्ता पेन्टिङमा लगाउने बताएकी छन् ।

सन् २०१८ मा जेसले उक्त मुसा खरीद गरेकी थिइन् । उनीसँग अहिले योसँगै कूल ४ वटा मुसा छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?