+
+

चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न ५ अर्ब निकासा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १२:३७

१९ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई चालु आर्थिक वर्ष २०७६/७७ मा मात्र ५ अर्ब रुपैयाँ निकासा भएको छ । सोमबार संसदमा बजेट छलफलमा उठेका प्रश्नबारे जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

चालु आव भित्रै कोरोना रोकथामसँग सम्बन्धित सामग्री खरिदमा यो रकम निकासा गरिएको जानकारी दिए । यसले कोरोना परीक्षणका लागि आवश्यक सामग्रीहरूको मौज्दात रहेको समेत उनले जानकारी दिए।

आगामी आवमा सरकारले कोरोनासँग सम्बन्धित आकस्मिक प्रयोजनका लागि छ अर्ब रुपैयाँ छुट्याइएको छ । छलफलमा भाग लिँदै सांसदहरूले अहिले विनियोजन गरिएको ६ अर्ब कम भएको बताएका थिए ।

जवाफमा अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयले आफ्नो नियमित बजेटबाट पनि कोरोना रोकथाममा काम गर्ने भन्दै छ अर्ब केवल आकस्मिक अवस्थाका लागि मात्र छुट्याइएको बताए ।

आगामी आवमा सरकारले कुल बजेटको करिब ६ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन हुनु ठूलो उपलब्ध रहेको समेत दाबी गरे। एकै वर्षमा १०/११ प्रतिशत बजेट छुट्याउन सम्भव नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?