+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनकपुरबाट पेस्ताेलसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १४:२४

१९ जेठ, जनकपुरधाम । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जनकपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

सादा पोसाकमा प्रदेश प्रहरी कार्यालयबाटै खटिएको टोलीले पैदल हिँडिरहेका राइनको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्दा हतियार बरामद भएको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?