+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाराकाे कलैयामा आलोपालोमा व्यवसाय सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १३:१२
फाइल तस्वीर

२१ जेठ, वीरगञ्ज । लकडाउनलाई खुकुलाे पार्दै बाराको कलैयामा बुधबारदेखि आलाेपालाे सिस्टममा व्यापार व्यावसाय सञ्चालन गरिएकाे छ ।

लकडाउनका कारण व्यापार व्यवसाय चौपट बनेकाे भन्दै विरोध हुन थालेपछि त्यसलाई व्यवस्थित पार्नका लागि आलाेपालाे प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएकाे हाे । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विज्ञप्ति जारी गर्दै आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका हुन् । सुरक्षा समितिको मंगलबार बसेको बैठकले जेठ २१ गते बुधबार बिहान १ बजेदेखि जेठ ३२ गते राति १२ बजेसम्मका लागि लागु हुनेगरी व्यवसाय सञ्चालन गर्न आलोपालो समय तालिका तोकेको छ ।

लकडाउनमा व्यापार व्यावसाय बन्द हुँदा व्यापारीहरुले नोक्सानी व्यहाेर्नुका साथै उपभोक्तालाई पनि कठिनाइ भएकोले आलोपालो गरेर व्यवसाय गर्न दिएको प्रजिअ पण्डितले जानकारी दिए । व्यावसाय सञ्चालन गर्दा व्यक्ति व्यक्तिहरुबीच एक मिटरको दुरी भने अनिवार्य कायम गर्नुपर्ने उनी बताउँछन् ।

प्रशासनले आइतबार र मंगलबार बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस्, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, जुत्ता, चप्पल, सैलुन खोल्ने, सोमबार, बुधबार, शुक्रबार र शनिबार किराना, खाद्यान्न, आलु, प्याज, किटनासक, बिउ बिजन, मलखाद लगायतका व्यवसायहरु र बिहीबार हार्डवेयर पसल, सुनचाँदी पसल, भाँडा बर्तन, टेलरिंग, फ्लोरिङ् र फनिर्सिङ् फर्निचर र अन्य पसल बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर खोल्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
हरियो तरकारी तथा फलफुल, मुख्य बजारमा नलिएर घुम्ती पसलमार्फत बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै बिक्री वितरण गर्न भनिएको छ ।

उद्योग वाणिज्य संघ बारा र किराना पसल संघलाई समय तालिका पालनामा सघाउन प्रशासनले आग्रह गरेको छ ।

प्रजिअ पण्डितले जारी गरेको सूचनामा स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, दुध, बैङ्क, फोहोरमैला व्यवस्थापन, इन्धन लगायत अत्यावश्यक सेवाहरु दैनिक सञ्चालन हुने, उद्योग व्यवसाय सञ्चालन गर्दा मापदण्ड अनुसार सञ्चालन गर्न, सिमेन्ट, जस्ता पाता, कोइला, बिटुमिन तेल, क्लिंकर, निर्माण सामाग्रीहरु ढुवानी गर्दा बजार क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे बाहेकको समयमा ढुवानी गर्ने, माछा, कुखुरा, कुखुराको दाना, पशु आहारको ढुवानी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गर्नुपर्ने त्यसो नगरेको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?