+
+

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १५:५६

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।

उनका अनुसार डा. दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशककाे जिम्मेवारी दिइएको छ ।  व्यावस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ । मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?