+

राष्ट्रिय खेल भलिबलमा बजेट कम भएको जीवनरामको गुनासो

२०७७ जेठ  २४ गते ७:३९ २०७७ जेठ २४ गते ७:३९
राष्ट्रिय खेल भलिबलमा बजेट कम भएको जीवनरामको गुनासो

२४ जेठ, काठमाडौं । नेकपाका सांसद तथा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को बजेट सन्तुलित जस्तो देखिएपनि केही क्षेत्रमा भने बजेटले नसमेटेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार बोल्दै श्रेष्ठले अहिलेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा विनियोजित बजेट ठिकै रहेको बताए ।

उनले समग्र बजेट हेर्दा भने सन्तुलित नपाएको बताए । ‘बजेटको सन्दर्भमा हेर्दा मन्त्रालय अनुसार केलाउँदा बजेट सन्तुलित हुनुपर्ने सन्तुलित हुन सकेन । सन्तुलित गर्न आफ्नो क्षेत्रमा योजना पार्न मन्त्री नै हुनुपर्ने र शीर्ष पार्टीको नेता नै हुनुपर्ने कुराको अन्त्य गर्नुपर्छ,’ उनले भने ।

यसै खेलकुदको विषयमा हेर्दा आगामी वर्ष एउटा मात्र राष्ट्रिय प्रतियोगिता भएकोले यसमा बजट खुम्चिएको उनले बताए । ‘चालु वर्ष र आवमा सन्दर्भमा भन्दा चालु वर्षमा अन्तर्राष्ट्रिय गौरवको १३औं साग आठौं राष्ट्रिय खेलकुद आयोजना भौतिक पूर्वाधार निर्माणको तुलना गर्दा आवमा एउटा मात्रै राष्ट्रिय प्रतियोगिता बाहेक अरु अन्तर्राष्ट्रिय बृहत प्रतियोगिता छैन । त्यसैले बजेट पनि खुम्चिएकोले सन्तुलित छ भन्ने मेरो मान्यता हो । सामान्य अवस्था भएको भए वृद्भि हुनुपर्ने थियो,’ एनओसी अध्यक्ष श्रेष्ठले भने ।

सरकारले खेलकुदका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको छ ।

उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको चारवटै क्षेत्र नेपाल स्काउट युवा स्वरोजगार कोष युवा परिषद र राष्ट्रिय खेलकुदमा बजेट हेर्दा राम्रा कार्यक्रम आएको उनले बताए । युवा परिषद र राखेपबीच धेरै कामबीच सामिप्यता देखिन्छ र त्यसमा समन्वय हुनु आवश्यक रहेको समेत बताए । यस्तै बजेटमा खेलकुद पूर्वाधार निर्माणलाई निरन्तर दिनु र खेलाडीको आजिवन भत्तालाई निरन्तरता दिनु राम्रो काम भएको बताए ।

गत वर्ष १३औं सागमा ५१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेको भन्दै उनले राखेपको बजेटमा ध्यान दिन नसकेको बताए । ‘युवा तथा खेलकुद मन्त्रालयले राखेपको बजेट विनियोजन गर्ने कुरामा र कार्यक्रम तयार ध्यान दिन सकेन कि जस्तो लाग्छ,’ श्रेष्ठले भने, ‘संघियताको स्पृति अनुसार नयाँ ऐन बनिसक्दा यो कनिका छर्ने जस्तो देखेको छु ।’

श्रेष्ठले १३औं सागको सफलता रातारात नआएको र धेरै मिहिनेत रहेको सुनाए । ‘सागको सफलता हेर्ने हो भने ४ वर्षको निरन्तर खेलाडीलाई अभ्यास गराको र क्लोज क्याम्प राखेकोले सम्भव भएको हो । यसमा मन्त्रालय राखेप एनओसीको गरेको भूमिकाले सफलता हासिल गरेका छौँ,’ उनले भने ।

यस्तै अहिलेको कोरोनाभाइरस महामारीले नेपाली खेलकुद ठप्प रहेको अवस्थामा नयाँ ढंगको तालिम कार्यक्रम समेट्न नसकेको उनले बताए । ‘तालिमको कुरा गर्दा कोभिड १९ को समस्या रहेकोले यस्तो बेला खेलकुदलाई नयाँ ढंगले लैजाने कार्यक्रम व्यवस्थित भएको छैन,’ श्रेष्ठले भने ।

श्रेष्ठले राखेपको बजेट विनियोजन राष्ट्रिय खेल भलिबलको बजेट विनियोजनमा भने ध्यान दिन नसकेको बताए । श्रेष्ठले राष्ट्रिय खेल घोषणा गरेको भलिबला लागि बजेट कम भएको बताए । ‘सरकारले राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको छ । तर भलिबल विकासको लागि बजेट विनियोजन हुनुपर्ने देखिएको छैन,’ श्रेष्ठले भने, ‘खेलकुदको विकासको लागि संघहरुलाई अनुदान दिने उचित मात्रा भएको पाइएको छैन ।’

यस्तै अब धेरैभन्दा धेरै कोचलाई तालिम दिनुपर्ने आवश्यक जनशक्ति तयार पार्नुपर्ने भन्दै उनले खेलकुद विश्वविद्यालयको माग गरे । ‘८-१० जना कोचलाई तालिम दिएर हुँदैन । नयाँ ढंगमा जानुपर्छ । खेलकुद जनशक्ति तयार गर्न खेलकुद विद्वावियद्ल खोल्न ध्यान मन्त्रालयले ध्यान दिन दिनुपर्छ,’ श्रेष्ठले भने ।

खेलहरुको वर्गीकरण गरेर प्राथमिकता साथ लगानी गरेर उचित व्यवस्थापन गर्नुपर्ने कुरालाई उचित रुपमा समेट्न नसकिएको उनले बताए । यी कुरामा ध्यान दिन नसके खेलकुदको राष्ट्रिय गौरव र प्रतिष्ठाको कुरामा सफलता पाउन नसकिने उनले बताए ।

जीवनराम श्रेष्ठ बजेट २०७७/७८
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय