
सफल परिक्षणपश्चात् प्रतिपादित
एक महत्त्वपूर्ण सिद्धान्तअनुसार
योबेला साँघुरिनु पर्ने हो जातीय विभेदको आयतन
तर ठिक विपरीत झनझन् भइरहेछफराकिलो ।
यतिखेर द्रुतगतिमा फैलिरहेछ विभेद
जसरी फैलिन्छ-
किनारासम्म बर्खे खोला
आकाशभरिकालो बादल
र जमिनमा रुखको जरा ।
थाहा छैन कहिले रोकिएला यसको फैलावट
र फर्किएला आफ्नै परिधिभित्र
वा वेपरवाह फैली नै रहला निरन्तर ।
ए वैज्ञानिकहरु हो !
सम्झन्छौ कि बिर्सियौ त्यो क्षण
जतिखेर रातोदिन खटिएका थियौ यही सिद्धान्तको निम्ति
जुन व्यवहारिक पक्षमा पूरै बिफल भयो आज ।
अब आफ्नै प्रतिष्ठाको खातिर पनि
सामाजिक सहिष्णुताको लागि पनि
पुनः एकपटक जुर्मुराउन जरुरी छ तिमीहरू
सच्याउन अपरिहार्य छ विगतका कमजोरीहरू
र प्रतिपादन गर्न आवश्यक छ एउटा मजबुत सिद्धान्त
जसको प्रयोगले सहजै बनोस्
एक विभेदरहित इन्द्रेणी समाज
जुन रहिरहोस् युगौं युगसम्म ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4