+
+

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएका व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १२:१९

२६ जेठ, जनकपुरधाम । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले रक्सी सेवन गर्दथे ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?