+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डडेल्धुरामा नातीले हिर्काउँदा वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १४:४८

२९ जेठ कैलाली । डडेल्धुरामा आफ्नै नाती हिर्काउदा एक वृद्धाको मृत्यु भएको छ ।

बुधबार साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बताए ।

‘नातीको आक्रमणबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो’ उनले भने ‘उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भयो । ’

घटनामा संलग्न गिरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?