+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

साझा पार्टीले सरकारलाई भन्यो– शान्तिपूर्ण प्रदर्शनमा दमन नगर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १८:०२

३० जेठ, काठमाडौं । शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिकमाथि दमन नगर्न साझा पार्टीले सरकारसँग आग्रह गरेको छ ।

साझा पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक भएको भन्दै जायज माग तत्काल सम्बोधन गर्न माग गरेको छ ।

कोरोना रोकथाममा गरिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडीटी परीक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको उपयुक्त व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका नागरिकको माग जायज रहेको भन्दै साझा पार्टीले भनेको छ, ‘सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो ।’
..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?