
१ असार, काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महँगो हुने भएको छ ।
हिमालयले सार्वजनिक गरेको भाडादरअनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ जबकि नेपाल एयलाइन्सले यो गन्तव्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।
कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोकेको हिमालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ ।
साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । उसले ४६५ डलर तोकेको छ भने नेपाल एयरलाइन्सले ४३० डलर मात्रै ।
सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।
प्रतिक्रिया 4