+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेनाले किनेको रि-एजेन्ट काम लागेन, वीरगञ्जमा कोरोना परीक्षण रोकियो

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असार ९ गते १९:५९

९ असार, वीरगञ्ज । नेपाली सेनाले खरिद गरेको रि-एजेन्ट काम नलाग्ने भएपछि वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि-एजेन्ट काम नलाग्ने हुँदा ल्याब बन्द गर्नुपर्ने अवस्था आएको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । ल्याब बन्द भएपछि दुई दिनमा संकलन भएका झण्डै १२०० स्वाब पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको छ ।

डा. पाठकका अनुसार स्वास्थ्य मन्त्रालयले एक एमएलको भीटीएममा लाग्ने रि-एजेन्ट पठाएको छ । नेपाली सेनाले सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किनेको थियो । त्यही मन्त्रालयले देशभरका ल्याबहरूमा पठाएको छ ।

नारायणी अस्पतालको ल्याबले तीन एमएलको भीटीएममा स्वाब संकलन गरिरहेको छ।

यसमा मन्त्रालयले पठाएको रि-एजेन्ट प्रयोग गरेर परीक्षण गर्दा राम्रो रिजल्ट नआएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । ‘पछिल्लो समयमा सरकारले पठाएको सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किट काम नलाग्ने परेको छ । प्रयोग गर्दा रिपोर्ट राम्रो आएन’ उनले अनलाइनखबरसँग भने ‘एक हजार थान आएको थियो, कामै नलाग्ने देखियो ।’

उनका अनुसार यसबारे स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायतका सरोकारवाला निकायमा लिखित जानकारी गराइएको छ ।

साथै प्रयोगशालासँग मिल्ने खालको रि–एजेन्टका लिनका लागि एम्बुलेन्स काठमाडौं पठाइएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?