
११ असार, काठमाडौं । रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस गरेको छ ।
सरकार र न्यायलयले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनको लागि लालटिन जुलुस गरेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीहरुले माइतीघरबाट लालटिनसहित नयाँ बानेश्वरसम्म जुलुस गरी कोणसभा गरेका छन् ।
पूर्वसांसद जीवन परियारले अदालतसमेत सरकारको छायामा परेकाले सोतीको घटनामा अदालतको आदेश नमान्ने बताए । उनले भने, ‘अब नेपालको दलित समुदायले न्यायलयबाट न्याय पाउने विश्वास गुमेको छ ।’
संघर्ष समितिले शुक्रबार राजनीतिक दलका नेताहरुलाई बोलाएर ‘सडक बहस’ गर्ने नेता जीवन परियारले बताए । अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज विक र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समिति नियमित आन्दोलनमा छ ।
जुलुसमा सहभागीले धनुषामा हिरासतमा मृत्यु भएका शम्भु सदाको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4