+
+

कञ्चनपुरमा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:०६

१७ असार, कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गिरीलाई गएराति नै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

सर्प दंशकै कारण असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?