+
+

गुल्मीमा पहिरो जाँदा दुई जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते ७:२८
गुल्मीको पहिरो । फाइल फोटो

१९ असार, तम्घास । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ ।

इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले अनलाइनखबरसँग भने, ‘एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् ।’ गाउँपालिका अध्यक्ष विष्टका अनुसार गएरातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् ।

उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले बताए । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ ।

पहिरोले इश्मा गाउँपालिकाका अन्य वडाहरुमा पनि क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष विष्टले दिएको जानकारी अनुसार वडा नं. ४ को रातापानी र न्वाल भन्ने स्थानमा १४ घर परिवार विस्थापित भएका छन् । यसैगरी छोरेडाँडाका पाँच घर परिवार पनि बिस्थापित भएका छन् ।

ढाँडको कालिका निमाविको भवन पहिरोले भत्काएको छ ।

वडा नं. १ को जुकेपानी, वडा नं. ५ को सिलार भन्ने स्थानमा पनि पहिरोले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष विष्ट बताउँछन् ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?