+
+

ओलीको सन्देश बोकेर सुवास नेम्वाङ पुगे देउवा निवास

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १६:२६

२१ असार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।

देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।

संवैधानिक परिषद्को बैठक बस्न नसकेका कारण अख्तियार, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरूमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?