+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सर्लाहीमा भाेलिबाट टोकन प्रणाली अनुसार सरकारी कार्यालय खोलिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते १८:०९

२१ असार, जनकपुरधाम । लकडाउन जारी भएपछि बन्द रहेका सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खुल्ने भएका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार सोमबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमीसुधारसहितका कार्यालयहरु सञ्चालनमा आउनेछ । बढी भिडभाड नहोस् भन्नका लागि प्रत्येक स्थानीय तहका लागि दिन निर्धारण गरेर सेवा प्रवाह गर्ने निर्णय भएको छ ।

‘भिड नहोस भन्नकै लागि स्थानीय तहका लागि दिन छुट्टयाइएको छ’ प्रमुख जिल्ला अधिकारी जिसीले भने, “यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित सुरक्षासम्बन्धी मापदण्डको पालना समेत गराइनेछ ।”

सर्लाहीको कुल २० वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहका जनताको सेवा प्रवाह सदरमुकाम मलंगवाबाट र बाँकी चार स्थानीय तहको हरिवन र बरहथवास्थित कार्यालयबाट गरिने जिसीले बताए ।

आइतबार सदरमुकाम मलंगवा नगरपालिका र ब्रहमपुरी गाउँपालिका, सोमबार हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिका, मंगलबार बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिका, बुधबार बिष्णु गाउँपालिका, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिका, बिहीबार कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका तथा शुक्रबार इश्वरपुर र हरिपुर नगरपालिकाका बासिन्दालाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

लकडाउन जारी भएको ११ चैतपछि सोमबारबाट सर्लाहीका कार्यालयहरु सञ्चालनमा आउन लागेको हो । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै अन्य जिल्लाका सरकारी कार्यालयहरु सञ्चालनमा आएपनि सर्लाही जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खोलिएको थिएन । शनिबारसम्म सर्लाही जिल्लामा ६ सय ३५ जना संक्रमित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?