+
+

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७७ असार २४ गते ११:२७

२४ असार, काठमाडौं । ईपीएस रोजगारी प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्न माग गर्दै उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु…’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् । उनीहरूले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरूलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने उनीहरुको योजना छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?