+
+

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १६:५१

२४ असार, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?