+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजदूत आचार्यको अमूर्त प्रतिक्रिया : बोल्नुपर्ने ठाउँमा बोलिएको छ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १५:२६

२६ असार, काठमाडौं । नेपालका विषयमा लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेका भारतीय मिडियामाथि सरकारले एक्सन लिनुपर्ने आवाज देशभित्र उठिरहेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतले यस विषयमा मौनता साँधेको भनेर असन्तुष्टि पनि तीब्र छ ।

अन्ततः भारतका लागि वयोवृद्ध नेपाली राजदूत निलाम्बर आचार्यले मुख खोलेका छन्, तर अमूर्त ढंगले । उनको छोटो र अमूर्त प्रतिक्रिया ट्विटरमा सार्वजनिक भएको हो ।

कुनै सन्दर्भ उल्लेख नगरी ट्विटरमा राजदूत आचार्यले लेखेका छन्, ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने ठाउँमा भन्ने हो । त्यो बोलिएको छ, भनिएको छ ।’

आचार्यको यो ट्विटलाई सबैले भारतीय मिडियाकै सन्दर्भमा बुझेर प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो जिम्मेवारी निभाउन नसकेको र नेपाली दूतावासको उपस्थिति कतै नदेखिएको धेरैको टिप्पणी छ ।

एकजनाले लेखेका छन्, ‘सुन्नेगरी भन्नुपर्यो दुनियाँले । कोठाभित्रै बसी ब्ल्यांकेट ओढेर एक्लै फत्फताउनुको कुनै अर्थ छैन महामहिम ज्यू ।’

अर्को प्रतिक्रिया छ, ‘तपाईंको जिम्मेवारी नर्थ डेस्कमा गएर कालो चिया खाने मात्रै हो ?’

भारतको राजदूत नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारीमा न्याय गर्न नसकेको भनेर राजदूत आचार्यको आलोचना हुँदै आएको छ । कोरोना संकटका बेला दूतावासले नेपालीहरुको संरक्षणमा केही काम गर्न नसकेको आरोप पनि उनीमाथि लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?