+
+
Shares

बौद्धबाट समातिए नक्कली प्रहरी !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १७:३२

२७ असार, काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई)हुँ भनेर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका कृष्णराम गिरी छन् ।

काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अनुसार गिरीले अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको भनेर सर्वसाधारणलाई विश्वास दिलाइ १९ लाख रुपैयाँ ठगी गरेका थिए ।

उनलाई महागनरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

गिरीले फेसबुक आईडीमा पनि असई भएको विवरण राखेर ठगी गरेको पाइएको छ । उनको कोठामा छापा हानेर प्रहरीले बौद्ध प्रहरी लेखिएको डायरी पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?