+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डलाई भेट्न ओली निकट नेताहरु खुमलटार पुगे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते २०:०१

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले भेटवार्ता गरेका छन् ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रचण्डसँग भेटवार्ताका लागि खुमलटार पुगेका थिए ।

त्यस्तै महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका  छन् ।

भेटमा नेताहरुले पार्टी एकतामा जोड दिएका थिए ।

प्रचण्ड र अर्का अध्यक्ष ओलीबीच बुधबार भेटवार्ता भएको थियो । तर, सहमति हुनुको साटो तिक्ततापूर्ण सम्वाद भएको थियो । बिहीबार दुई नेताबीच भेटवार्ता समेत भएको छैन ।

भोलि बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?