+
+

दशगजा भारतीय नागरिकका गाईभैँसी बाध्ने थलो !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १७:१५

२६ असार, विराटनगर । नेपाल-भारत सीमा खुला छ । दुई देश छुट्याउन दशगजा राखेर सीमा स्तम्भ निर्माण गरिएको छ । दशजगा क्षेत्र खाली राख्ने दुवै देशको समझदारी छ । तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतीय नागरिकले दशगजालाई बस्तुबाध्ने थलो बनाएका छन् ।

विराटनगर-१६ दरैया बस्तीसँगै रहेको दशजगामा भारतीय नागरिकले गाइभैँसी बाध्ने गर्छन् । बस्तुका लागि घाँस काट्न भारतीयहरू बेलाबेला नेपाल पनि आउने गर्छन् ।

दशजगा क्षेत्रमा कुनै संरचना निर्माण गर्न नदिने र भएका संरचना हटाउने दुवै देशका सुरक्षा अधिकारीले सहमति गरेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दशजगाको केही स्थानमा नेपाल र केही स्थानमा भारतीय नागरिक बसोबास छ । दशजगा खाली गराउन दुवैै देशका सुरक्षा अधिकारी तयार छन् । तर कार्यान्यन भने भएको छैन ।

‘दशगजा र अन्य विषयमा भारतीय पक्षसँग छलफल गर्न जेठ ४ गते समय तोकिएको थियो,’ प्रमुख जिल्ला अधिकारी भुजेलले भने, ‘तर कोरोना महामारीका कारण बैठक स्थगित भयो ।’ अनौपचारिक छलफलहरूमा पनि दशगजा क्षेत्र खाली गर्ने विषयमा समस्या नरहेको उनले बताए ।

हेर्नुस् थप तस्वीर –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?