Comments Add Comment

विदेशी विद्यार्थीलाई फर्काउने योजनामा अमेरिकाको यू–टर्न

३१ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण पूर्णरुपमा अनलाइन कोर्स लिने विदेशी विद्यार्थीलाई फर्काउने योजना खारेज गरेको छ ।

विदेशी विद्यार्थीहरुलाई आफ्नै मुलुक फर्काउने निर्णय गरेको एक सातामै अमेरिकाले यो योजना रोक्ने निर्णय गरेको हो । म्यासाचुएट्स इन्स्छिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिभर्सिटीले सरकारविरुद्ध अदालतमा यो योजनाबारे मुद्दा दायर गरेका थिए । म्यासाचुएट्सका जिल्ला न्यायाधीश इलिसन बुरफले सबै पक्षहरुको बीचमा यो मुद्दाबारे सम्झौता भइसकेको जानकारी दिए ।

न्युयोर्क टाइम्सका अनुसार सम्झौताअनुसार मार्चमा लागू गरिएको नीति पुनः लागू गरिएको छ । यसअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरु अनलाइन क्लास लिएर पनि अमेरिकामा बस्न पाउँछन् ।

प्रत्येक वर्ष लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । अमेरिकालाई अन्तर्राष्ट्रिय विद्यार्थी पनि आम्दानीको महत्वपूर्ण स्रोत हो ।

कोरोना भाइरसको संक्रमणको आशंकाको कारण हार्वर्ड युनिभर्सिटीले अनलाइन कक्षा मात्र सञ्चालन गर्ने बताएको थियो । त्यस्तै अन्य राज्यहरुले पनि केवल अनलाइन कक्षा सञ्चालन गरिने बताएका थिए ।

गत साता ल्याइएको योजना अनुसार गत मार्चमा कोरोना भाइरसको महामारी चुलिएसँगै आफ्नो मुलुक फर्केका विद्यार्थीहरुलाई पनि अमेरिका आउने अनुमति नदिइने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment