+
+

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १४:४६

७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् ।

दैलेखका संक्रमितहरु ठाँटीकाँध गाउँपालिकाको वडानम्बर १, २, ३, ४ र ६ का दुईजना मिहला र १४ जना पुरुष रहेका छन् ।

यस्तै, कालीकोटको रास्कोट नगरपालिका वडानम्बर २ की एक वर्षे बालिका, १८ महिने र तीन वर्षे बालक, २२ र २४ वर्षीया युवती रहेका छन् भने वडानम्बर ८ का २१ मर्षीय युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ ।

यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५४६ पुगेको छ । २३१ सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?