+
+

पहिरोमा मृत्यु भएका परिवारलाई टाेखा नगरपालिकाले दियाे ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते ७:५२
सां‌केतिक फोटो

८ साउन, काठमाडौँ । मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए ।

“वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने ।

नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ ।

नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले ५० हजार रुपैयाँसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्नेछ ।

मन्त्रिरिषदको साउन ५ गते बसेकाे बैठकले बाढी, पहिराेबाट ज्यान गुमाउने व्यक्तिकाे परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय पनि गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?