+

हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

२०७७ साउन  ९ गते १७:४४ २०७७ साउन ९ गते १७:४४
हेन्डरसनले जिते एफडब्लुए फुटबलर अफ दि इअर अवार्ड

९ साउन, काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) फुटबलर अफ दि इअरको अवार्ड जितेका छन् ।

लिभरपुललाई ३० वर्षयता पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।

उनी यस अवार्ड जित्ने लिभरपुलको १२ औं खेलाडी बनेका छन् । दुई सिजनअघि पछिल्लो पटक लिभरपुलका मोहमद सलाहले यो अवार्ड जितेका थिए । हेन्डरसनले म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना र आफ्नै क्लबका खेलाडीहरुलाई समेत पछि पार्दे यो अवार्ड जितेका हुन् ।

बुधबार राति चेल्सीलाई ५-३ ले पराजित गरेपछि लिभरपुलले यस सिजन प्रिमियर लिगको ट्रफी उचालेको छ । कप्तान हेन्डरसन आधुनिक प्रिमियर लिग सुरु भएपछि उक्त ट्रफी उचाल्ने लिभरपुलका पहिलो कप्तान बने ।

आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सर्वाधिक ३ पटक यो अवार्ड जितेका छन् ।

खेलकुद जोर्डन हेन्डरसन फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय