+
+

भोलिदेखि सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १६:१३

१२ साउन, काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ ।

१२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् ।

बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ ।

भोलि २ बजे बसन्तपुरमा भौतिक दुरीसहित प्रदर्शन गरिने इनफ इज इनफ अभियानले जनाएको छ । साथै सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?