Comments Add Comment

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकजनामा कोरोना संक्रमण

१३ साउन, बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै दुई साताअघि नेपाल आएर घरमै क्वारेन्टिन बसिरहेका थिए । कोरोना पोजेटिभ देखिएपछि उनलाई बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । उनमा कुनै लक्षण भने नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले बताए ।

उनीसँग सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ र केस स्टडीको काम मंगलबार (आज) बाट दुई टोलीले गर्ने उनले बताए । संक्रमितको परिवारका सदस्यहरु होम क्वारेन्टिनमै छन् ।

यसअघि बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीय कामदारको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका थिए । पूर्वाञ्चल होटललाई शिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टिनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment