+
+

उपत्यका प्रहरी केन्द्र मातहत रहने, महानगरीय प्रहरीको अवधारणा खारेज हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते २२:४८

१४ साउन, काठमाडौं । उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर यो निर्णय गरेका हुन् ।

योसँगै उपत्यका प्रहरीको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन हुने भएको गृहका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख राख्न माग गरेका थिए ।

प्रहरी समायोजनाको विषय गृहले टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?