+

एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

२०७७ साउन  १८ गते ६:४५ २०७७ साउन १८ गते ६:४५
एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

१८ साउन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले आर्सनलका लागि बराबरी गोल फर्काए ।

चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गरे । पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो । ६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो ।

आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जितका छन् । उनले सन २०१४ मा खेलाडीको रुपमा एफए कप जितेका थिए ।

आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो । म्यानचेष्टर युनाइटेडले १२ र चेल्सीले ८ पटक एफए कप जितेको छ ।

आर्सनल एफए कप चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय