+
+

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

रासस रासस
२०७७ साउन २१ गते ८:२०

२१ साउन, टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ ।

स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो ।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो ।

शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो ।

मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टर  को घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए ।

तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउँछन् । पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।

मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?