Comments Add Comment

७५ रुपैयाँमै हेर्नुहोस् ‘सेल्फी किङ्ग’देखि ‘घामड शेरे’सम्म

लकडाउनको समयमा डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने क्रम बढेको छ । विदेशी चलचित्र र वेभ सिरिजको माग डिजिटल प्लेटफर्ममा निकै बढेको छ । अब, नेपालमा पनि एपको माध्यमबाट चलचित्र हेर्ने शैलीको विस्तारै विकास हुँदैछ । दामी म्यूजिक एपले शुक्रबार ४ नेपाली चलचित्र रिलिज गर्न लागेको छ ।

चलचित्र ‘सेल्फी किङ्ग, घामड शेरे, हजार जुनी सम्म, शुभ लभ’ भोली एकसाथ रिलिज गर्न लागिएको हो । दामी म्यूजिक एपमा दर्शकले एउटा चलचित्र ७५ रुपैयाँमा हेर्न सक्नेछन् । यी चलचित्रहरु नेपाल भित्रबाट हेर्न मिल्ने बताइएको छ ।

यसअघि गीतहरुलाई मात्र एपमा राख्दै आएको ‘दामी म्यूजिक’ले शुक्रबारदेखि चलचित्र पनि रिलिज गर्न लागेको हो । अब, हरेक हप्ता एक नयाँ चलचित्र रिलिज गर्ने तयारी गरिएको बताइएको छ ।

अहिले ओएसआर डिजिटलबाट चलचित्र शेयरमा देखाउने तयारी गरेको दामी म्यूजिक एपले अब चलचित्रका निर्माता र अन्य डिजिटल कम्पनीहरुसँग सहकार्य गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment