
२३ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार अत्यधिक वर्षा भएको छ । अत्यकिध वर्षाका कारण स्थानीय खहरे खोलामा आकस्मिक बाढी आएको छ भने केही क्षेत्र डुवानमा परेका छन् ।
वीरेन्द्रनगरमा एक घण्टामै ९० मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । घण्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतरा हुन्छ ।
छोटो समयमा ठूलो वर्षा भएकोले आकस्मिक बाढीको सम्भावना भएकोले वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाँपालिकामा उच्च सतर्कता अपनाउन जलतथा मौसम विज्ञान कार्यालय सुर्खेतले आग्रह गरेको छ ।
वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका तथा बराहाताल गाँउपालिकाको क्षेत्र भएर बग्ने नेवारे, इत्राम, खोर्के र निकास खोलामा बाढी आएको छ ।
मौसमी राडार केन्द्र सुर्खेतको अवलोकनअनुसार वीरेन्ऽनगर र बराहताल गाँउपालिका क्षेत्रमा ठूलो वर्षा गराउने प्रणाली सक्रिय भएको थियो ।
भेरी र कर्णाली नदीमा भने बाढीको जोखिम नभएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4