+
+

सिराहाको लहानमा ‘लकडाउन’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १९:४०

२३ साउन, जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो ।

यो अवधीमा अति आवश्यक पसल खोल्ने समय निर्धारण गरिएको छ । बिहान ८ देखि ११ बजेसम्म आवश्यक पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको भुसालले बताए ।

नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यकबाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएकाबाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको उनले बताए ।

पछिल्लो पटक लाहान नगरपालिकाभित्र २६ जना कोरोना संक्रमित पाइएपछि यसको रोकथामका लागि लकडाउन लगाउने निर्णय भएको उनले बताए ।
यसअघि सिरहाको मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन लगाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?