
२५ साउन कैलाली । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । ‘उहाँको उद्धार गरी गाउँपालिका ल्याइँदै छ,’ वडाध्यक्ष रोकायाले भने ‘उहाँको अवस्था हेरेर हामी रेफर गर्छौं ।’
पहिरोमा परेर ४ बाख्रा र एक गोरु पनि मरेका उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4