Comments Add Comment

रौतहटमा थपिए ११ जना कोरोना संक्रमित

२७ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।

जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment