Comments Add Comment

कोरोनाबारे गलत सूचनाका कारण विश्वभर ८०० बढीको मृत्यु : अध्ययन 

२९ साउन, काठाडौं ।  विश्वभर कोरोना भाइरस (कोभिड–१९) बारेको गलत सूचनाका कारण कम्तीमा ८०० जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन एण्ड हाइजिनमा प्रकाशित अध्ययका अनुसार सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाका कारण मात्र विश्वकर पाँच हजार ८०० मानिसहरु अस्पतालमा भर्ना भएका थिए ।

धेरैको मिथानोल वा अल्कोहलबाट बनेका सरसफाइका उत्पादन खाएकाले मृत्यु भएको थियो । उनीहरुले यस किसिमका उत्पादनहरु खाँदा कोरोना भाइरसबाट बच्न सकिने विश्वास थियो ।

यसअघि नै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसका कारण बढिरहेको गलत सूचना अहिले कोरोना भाइरसभन्दा पनि छिटो फैलिरहेको बताएको छ । जसमा अफवाहहरु, बनावटी कहानीहरु र सांस्कृतिक कलंकजस्ता कुराहरु छन् । यसले मृत्यु तथा घाइते हुनेको संख्या पनि बढेको छ ।

गलत हल्लाबाट पीडित बनेकामध्ये केहीले अत्यधिक मात्रामा लसुन खाएका थिए भने केहीले अत्यधिक मात्रामा भिटामिन खाएका थिए । हल्लाको पछि लागेर अत्यधिक मात्रामा गाईको गहुँत खानेहरु पनि अध्ययनको क्रममा फेला परेका थिए ।

यो अध्ययनमा यस किसिमको गलत सूचनाबाट बच्न अन्तर्राष्ट्रिय एजेन्सीहरु, सरकारहरु र सामाजिक सञ्जालले संयुक्तरुपमा यस किसिमका हल्लाहरु फैलिनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ । यद्यपि सामाजिक सञ्जालहरुले पनि यस्ता गलत सूचनालाई रोक्न नसकेको र रोक्नका लागि चालिएको कदम पनि निकै सुस्त रहेको भन्दै आलोचनाको सामना गरिरहेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment