
३० साउन, काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको निगमको प्रदेश पाँच कार्यालयले जनाएको छ ।
कोरोनासँग मिल्दो जुल्दो लक्षणपछि गराइएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो ।
ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाब संकलन गरेर परिक्षण गराईएको थियो । केहिबेरअघि जनस्वास्थ्य कार्यालयबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना पुष्टि भएको निगमका एक अधिकारीले बताए ।
कोरोनापछि एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आसोलेसन राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4