+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ठोरीमा करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १७:३८

३० साउन, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ सरस्वतीनगरका ४० वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् ।

घर नजिकै रहेको ससुरालीमा १३ औं दिनको मृत्यु संस्कार चलिरहेको स्थानमा जडान गरिएको बिजुलीको तारबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते मोक्तानलाई उपचारका लागि ठोरी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी पुर्‍याइएको थियो । तर स्वास्थ्य चौकीले उनलाई मृत घोषणा गरेको मृतकका आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?