
३२ साउन, काठमाडौं । जापानमा लगातार तेस्रो दिन कोरोना भाइरस (कोभिड–१९) का एक हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । आइतबार जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका एक हजार २३८ नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा फेला परेकामध्ये ३८५ संक्रमित राजधानी सहर टोकियोमा फेला परेका हुन् । यससँगै जापानमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ५५ हजार ४२६ पुगेको छ ।
जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण तीन जनाको मृत्यु भएको छ । यससँगै जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०१ पुगेको छ ।
स्रोत : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4