Comments Add Comment

विदेशी विद्यार्थी अस्ट्रेलिया आउन पाउने

३२ साउन, सिड्नी । कोरोनाको महामारीका कारण अध्ययन स्थगन गर्न बाध्य भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाले स्वदेश आउन दिने निर्णय गरेको छ ।

यहाँका ब्यापार मन्त्री साइमन बर्मिङ्ह्मले आइतबार उक्त कुरा बताएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ । पत्रिकाको अनलाइन संस्करणअनुसार पहिलोपटक साउथ अस्ट्रेलियाको एडिलाइडमा तीनसय विध्यार्थीलाई आउन दिइने छ ।

एडिलाइड आइपुग्ने सबै बिध्यार्थीलाई सुरूमा क्वारेन्टिनमा राखिनेछ । दुई हप्तापछि उनीहरुले आफ्नो अध्ययन सुरु गर्न पाउनेछन् ।

हाल चीन, भारत, नेपाल र भियतनामबाट अस्ट्रेलिया आउनुपर्ने हजारौं विद्यार्थीहरू आ–आफ्ना देशमा अड्किएका छन् । उनीहरुको क्वारेन्टाइनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने यहाँको सरकारले स्पष्ट पारेको छ ।

उनीहरुको क्वारेन्टिनका लागि अस्ट्रेलियन करदाताको रकम खर्च नगर्ने, तर सम्बन्धित विश्वविद्यालय खर्च व्यहोर्ने स्पस्ट पारेको छ । पाइलट प्रोग्रामका रुपमा सबैभन्दा पहिले  एसियाका चीन हङकङ र जापानका विध्यार्थी सिङापुर हुँदै आउनेछन् । तर, नेपालका विध्यार्थी भने यो पाइलट प्रोग्रामको सफलतापछि मात्रै आउन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment