+
+

शुभद्रा अधिकारीको निधन भएको एक वर्षपछि थाहा पाउनेहरु !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:३४

प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको निधनबारे हिजोका दिनसम्म बेखबर रहेछन् ।

अभिनेत्री मिथिला शर्मासहित केही कलाकारले स्वर्गीय अधिकारीको वार्षिकीका अवसरमा उनलाई श्रद्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए । तर, एउटा अनलाइनले भने अधिकारीको भर्खरै निधन भएको जसरी समाचार प्रकाशित गर्यो । अनि सामाजिक सञ्जालमा सुरु भयो ‘रिप’ को वर्षा ।

यस्तो समाचारले सर्वसाधारणमा भ्रम सिर्जना गर्नु अस्वभाविक भएन । तर, चलचित्र क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरु समेत यस्तो समाचारको पछि दौडेर गोहीको आँशु झार्नु चाहिँ बिडम्बना हो । चलचित्र क्षेत्रकी एक हस्तीको निधन भएको एक वर्षपछि समाचार थाहा पाएर उनीहरु ‘भावविव्हल’ बनेका छन् ।

एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भावुक बन्दै फेसबुकमा पोष्ट गरिन् ।

उनले लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी निधनको खबर सुन्दा साह्रै मन रोयो । हजुरको स्वर्गमा बास होस् । हार्दिक श्रद्धान्जली सुभद्रा अधिकारी दिजु ।’

सुभद्रा अधिकारीलाई पर्दामा देखेर हुर्केकी एलिजालाई एक वर्षअघि नै उनको मृत्यु भएको थाहै रहेनछ । जब उनलाई फोनहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टाटस सच्याउनुको साटो सुटुक्क पोष्ट नै डिलिट गरिदिइन् । उनले अहिलेसम्म आफ्नो गल्तिमा क्षमायाचना गरेकी छैनन् ।

अरु केही ‘लो प्रोफाइल’का कलाकारले पनि अधिकारीको आजै निधन भएको भनेर पोष्ट गरेको भेटिएको छ । कलाकार सुभाष मेचेले लेखेका छन्, ‘वरिष्ठ कलाकार तथा चरित्र अभिनेत्री सुभद्रा अधिकारीको आज बिहान दुःखद् निधनको खबरले एकदमै मर्माहत भएको छु ।’

फेसबुकका विभिन्न ग्रुपमा पनि यस्तै आशयमा स्टाटसहरु आएका छन् । रिपको ओइरो लागिरहेको छ । अधिकारीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?