+
+

विराटनगरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १ गते १८:४१

१ भदौ, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार बेलुका विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो । आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

विराटनगर– ८ का पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ ।

यसअघि विराटनगर–९ का दुई जनाको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका वडा नम्बर – २, ३, ५, १० र १५ मा एक एक जनाको मृत्यु भएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?