Comments Add Comment

थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment