+
+

काभ्रेमा सार्वजनिक यातायात बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते ७:१९

५ भदौ, काभ्रे । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।

देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ । जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमणका कारण १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेशनमा राखेर उपचार भइरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । सङ्क्रमणबाट काभ्रेमा दुई जनाको निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?