+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सार्वजनिक यातायातको भाडा अब प्रिपेड कार्डबाटै तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते १३:४३

५ भदौ,काठमाडौं । अब सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले डिजिटल प्रणालीबाटै भाडा रकम भुक्तानी गर्ने गर्न पाउने भएका छन् । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स र सिद्धार्थ बैंकबीच यसका लागि सम्झौता भएको छ । विकसित डिजिटल भुक्तानी प्रणालीमा बैंकिङ्ग पार्टनरको रुपमा सिद्घार्थ बैंक लिमिटेडले व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी तथा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधकसुरेशराज महर्जनले विहिवार हस्ताक्षर गरेका हुन् । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा.लि. ले विकसित गरेको प्रणालीमा डिजिटल भाडा भुक्तानीका अलावा जि.पि.एस. ट्र्याकिङ, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेशन लगायतका बिभिन्न बिशेषता रहेको जनाएको छ ।

थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कम्पनी आफैले विकास गरेको यस पूर्ण प्रणालीको प्रयोगबाट यातायात व्यवसायी, सर्वसाधारण, सरकार, यातायात कर्मचारी लगायत सम्पुर्ण सरोकारवालालाई फाइदा पुग्ने बताए ।

थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्से प्रणाली प्रयोग हुने यातायातमा सिद्धार्थ बैंकको पिएओस मेसिन राखिने र यात्रुले यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड, क्यूआरकोड समेतको प्रयोग गरी पिओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रयोग गरिने स्मार्ट कार्ड सोझै यातायातबाट वा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिने बताइएको छ । संस्थामा प्रविधि विकाशको कार्य गरिरहेका अनुसन्धानकर्ता राम प्रसाद रिमालले सार्वजनिक यातायातमा कार्ड सहितका विभिन्न यात्रु सुरक्षा र डिजिटाइजेसन सहितका ६ प्रकारका उपकरणहरु जडान गरी अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

सो संस्थाका प्रमुख प्रशाशकीय अधिकृत खुसल रेग्मीका अनुसार गैर आवासीय नेपाली, जलविद्युत क्षेत्र बित्तिय तथा मानव संसाधन व्यवस्थापन का क्षेत्रमा काम गरिरहेका संस्थापकहरुबाट संचालित भएकाले छिट्टै आम सर्वसाधारण, व्यवसायी लगायतका व्यक्तिहरुको बीचमा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?